• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

सत्तागठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तागठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक आज बस्दैछ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सिट बाँडफाँटको मोडालिटीबारे छलफल हुने बताइएको छ । यही साउन २० गते बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

 

कार्यदलमा नेपाली कांग्रेसबाट ४,माओवादी केन्द्रबाट २,नेकपा एकीकृत समाजवादीबाट २,जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

 

त्यस्तै,माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा,नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल,जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार