• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

जिनियस म्युजिक अवार्ड सम्पन्न

काठमाडौं । दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा उड्यन मन्त्री श्री जीवनराम श्रेष्ठको प्रमुख आथिति, बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकार राजु सिह लगायतको आतिथ्यतामा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७८’ व्दारा गीतकार तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घसाधना सम्मान प्रदान गरिएको थियो भने सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित सम्मान गरिएको थियो ।

 

यस्तै राधिका शाक्य वरिष्ठ समाजसेवी, अजयकुमार विष्ट नृत्य निर्देशक, कृष्ण रसाल मोडल तथा कोरियोग्राफर, राजेन्द्र बजगाईं, गितकार रएरेन्जर, मन्जु थापा गायिका, ज्ञानेन्द्रबहादुर खड्क मोडल तथा समाजसेवी, भीष्मराज फुलारा साहित्यकार, प्रकाश श्रेष्ठ मोडल, शेक बहादुर लामा     निर्देशक, लब बहादुर कार्की    पेजेन्ट डाईरेक्टर, शान्त शर्मा    वरिष्ठ समाजसेवी, कुमार महाराजवरिष्ठ तबला बादक रहनु भएको छ भने बालप्रतिभा सम्मान शान्भी खतिवडा, निर्जला लम्साल रहेका छन् । 

 

एक दशक भन्दा लामो समयदेखि गीत, संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरु र अन्य क्षेत्रमा सक्रिय ब्यक्तित्वलाई ‘जिनियस म्युजिक अवार्ड–२०७८’ द्वारा पुरस्कृत तथा सम्मान गर्दै आएको जिनियस म्यूजिक प्रा.लि.का अध्यक्ष रमेश पाठकले बताए । अवार्ड कार्यक्रममा सहभागि गीतसंगीतसंग आबध्द बयक्तिहत्वहरु अवार्ड तथा सम्मानबाट सम्मानित भएका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार