• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

पाका मान्छेबाट यत्ति आश गरौँ !

सँसारभरीमा भएका मानिस समुहका रैथाने आआफ्नै भनाई हरेक उमेर समुहकालागि फरकफरक तर उस्तै खालका सोचाई हरेक बर्णका बिच भेटिन्छन् । जातजातिका उल्लीबिल्ली लाउने तरिका पनि आफु सभ्य र जानकार तर अरु नजान्नेरुपमा बर्णन भेटिन्छन् । उमेरजन्य पाका मानिसलगायत हरेक उमेरसमुहका बारेमा राम्रा नराम्रा धेरै प्रशङ्ग पनि पाईन्छन् । मानव समाजको विकास प्रक्रिया नियाल्ने हो भने उन्नाईसौँ शताव्दिपछि सँसारभरी आएको यान्त्रीक र राजनीतिक परिवर्तनले सकारात्मकसाथै नकारात्मक कुराहरूले फडको मारेका देखिन्छन् । यस्को मुख्यकारण नै सायद हरेक जैविक अजैविक बस्तुको अस्थित्व र औचित्वलाई मुल्यसँगको तुलनागर्ने प्रबृत्ति अर्थार्त बजारबादले होला । मानव साधनस्रोतलाई प्रमुख ठान्ने केही बिचारहरू बाहेक पूँजिबजारमा नाफा र नोक्सानको लेखाजोखाअनुसार मान्छेको मूल्याङ्कन गर्नेगरिन्छ । 


हरेक उमेर समुहको आआफ्नै बिशेषता र महत्व छ । बालबालिकाको निश्छलपन, निर्दोशिता, सिमित ज्ञान र अनुभवको कसिमा अनौठा कल्पना र डर आफ्नै खालका छन् । किशोरकिशोरीका उत्साह र सिकाईका पखेटा असँभवतिर पनि कावा खाईरहेका हुन्छन । युवायुवतिका जोश, जाँगर र असिमित चाहानाले यति छलाङ्ग मारीरहेको हुन्छ कि उनिहरू बादल पारीको काल्पनिक स्वर्गतिर पु¥याईरहेको हुन्छ । वयस्कहरूमा योग्यताअनुसार कमाईधमाई र सामाजिक ईज्जत धान्न पसिना चुहाउन व्यस्त रहन्छन् । पाका मान्छे प्रायः सेवानिबृत्त जीवनमा सारिरीक अवस्था ठिकैरहे, अझै हाड घोटीरहन आफ्नो कर्तव्य ठान्छन्, पारिवारिक जीम्बेवारी ठान्छन् । सारिरीक कम सक्षमभए पाका मान्छे आफ्नो छ दशकभन्दा लामो अनुभवले अरुलाई नसकेपनि परिवारलाई दुःख र खतरामुक्त पारिरहन बोल्न सक्छन् ।

 

आजकाल काखेबच्चाबाहेक सबै उमेरसमुहका घरबाहिर नै कम्तीमा दिउँसोभरी रहन्छन् । उमेरअनुसार विद्यालय जाने, काममा जाने, आयआर्जनमा जाने, घुमफिर वा सामाजिक काममा सक्षम सबै हिँडछन् । सक्षमरहेसम्म त बाहिरफेर पाका मान्छे पनि मनग्य काम गर्छन् । घरकुरेर बस्ने प्रायः सेवानिबृत्त र सारिरीक कम सक्षम पाका मान्छे नै हुन । यसरी मान्छेका कुनै उमेरसमुह फुर्सदमा भएको भेटिँदैन । पाका मान्छे असक्षम छैनन्, बोल्न मात्र सके पनि धेरै काम गरिरहेका हुन्छन् । पाका मान्छेका काम के के हुनसक्लान त ?

 

पाका मान्छेका कामः
हाम्रो नेपाली समाजको सामान्य अवस्थाअनुसार हेर्ने हो भने सबै उमेरसमुह उमेरअनुसारमा आआफ्नो कामकाममा लाग्दा पाका मान्छे समग्र परिवारको हितमा नै केन्द्रितभई चिन्तन, मनन् र काम गरिरहेका हुन्छन् ।

 

१. किसानी परिवार छ भने पाका मान्छे कुन बिऊबिजन राम्रो, बढिफल्ने, कीरा नलाग्ने भनि चिन्तनगरी अनुभवका आधारमा त्यसलाई लगाउन उत्सुक हुन्छन र बिउः राख्न भन्छन् । बिऊ कसरी राख्दा धुल्याहा लाग्दैन र अर्को वर्षलाई पनि कामलाग्छ, जान्दछन् । त्यसकालागि उनिहरूmाई कृषि बैज्ञानिक वा अन्नबाली बिज्ञ भईरहनु पर्दैन । कुन समय ब्याडराख्ने, कत्रो भएपछि ब्याडबाट सार्ने सबै हेक्का हुन्छ पाका मान्छेलाई । बाली लगाई सकेपछि कतिखेर गोडमेल, झारकेलाई, उकेरा लाउने र आवधिक पानीको सिँचाईबारे सतर्क हुन्छन र भन्छन् । कस्तो अवस्था आएपछि बाली भित्र्याउने र बालीको अखाद्य जैविक बस्तुको कस्को प्राङ्गारीक मल हुन्छ हुन्न सबै थाह हुन्छ । त्यस्तै कुन बालीको के कति घरायसी ईन्धन प्रयोगगरेमा दाउराको बचत हुन्छ त्यस्ता कुराको पनि जानकारी हुन्छ । खेतीकिसानी नै गर्ने परिवारमा के पाका मान्छे आफु सारिरीक कामगर्न धेरै नसके पनि उहाँहरूका त्यस्ता कुरा सुन्ने गर्नुपर्दैन र ? के उहाँहरूका कुरा मानिदिँदा परिवारलाई घाटा हुन्छ र ?

 

२. बन्दव्यापार गर्ने परिवार छभने पाका मान्छेले अरुकाम गर्न नसकेपनि पसल वा व्यापारचलाउने ठाउँमा आसन जमाएर बसे भने वयस्कहरूलाई कति भरोसा हुन्छ, होईन र ? पाका मान्छेलाई आफुकहाँ नियमित सामान पठाउने कम्पनी र आउने ग्राहाकको राम्रो हेक्का हुन्छ । उहाँहरू कस्तासँग कस्तो व्यवहारगर्ने भन्नेमा पनि पोख्त हुनुहुन्छ भने समस्या आएमा कसरी सल्टाउने भन्ने पनि जान्नुहुन्छ । नयाँ चिजविज बिक्रिवितरण र प्रचारमा आए विभिन्न तरिकाले जाँचपरखगर्न साथै आफुले व्यवहारगरे फाइदाबेफाइदा हुने अनुमान र आङ्कलनगर्न उहाँहरूसहजै सक्नुहुन्छ । त्यसैले आफुले किनीदिँदा ठगिने र आफ्ना ग्राहाकमा अविस्वास सिर्जना हुने दुर्घटनानै हुँदैन । अनुभव र ज्ञानका कारण बस्तुको गन्ध, रङ्ग, वजन, बान्की र अवस्थाबाटै पनि निरोपणगर्ने क्षमता पाका मान्छेमा हुन्छ । रकमी र प्रष्ट व्यवहारले उहाँहरू सबैका विश्वासिला र भरपर्दो भएकोबाट परिवार सदस्यले पनि ज्ञान सिक्नेमात्र होईन आफुलाई स्थापित गराउन सक्छन । उहाँहरूको कुरा सुन्ने र मान्नेगर्दा फाईदा त घरपरिवार सबैलाई भएन र ? पुस्तैनी व्यवसाय र बन्द व्यापारगर्नेको ईज्जत हेनुहोस् त, कति भरविश्वास गर्छन सर्बसाधारणले ?

 

३. ज्ञानबिज्ञान, प्रविधि र बौध्दिक क्षेत्रमा कामगरी सेवानिबृत्त पाका मान्छेबाट त्यसैअनुसार घरपरिवारलाई उपलव्धि हुनसक्छ । उहाँहरूको सारिरीक अवस्था कमसक्षम रहेपनि परिवारका हरेक उमेरसमुहको उन्नति र बाटो पहिल्याउने सल्लाहसुझावको महत्व बढि हन्छ । अलमलमा परिरहेका बेला उहाँहरूको मार्ग निर्देशन बनमा अलमलिएर भौँतारिएकालाई गोरेटो देख्याजस्तो हुन्छ । कुन विषय समाज, देश र मानवजातिको हितमा हुन्छ र परिवारको ईज्जत, नाम, र आर्थिक हिसाबले उपयुक्त हुन्छ भन्ने ठम्याई, छ दशक पारगर्दा भोग्नुपरेका हण्डरठक्करबाट उहाँहरूले सहजै खुट्ट्याईदिन सक्नुहुन्छ । यस्तो अगुवा मान्छे घरका पाका मान्छे छँदाछँदै अरुलाई सोधिरहनु पर्ला र ? के पढौ, के गरौँ र कुनकाम गरौँ भनेर उहाँहरूलाईनै सादर सोधौँ ! बरु उहाँहरूका अनुभव प्रकाशनगर्ने, उहाँहरूजस्तैको भेटघाट गराईदिने र पाको उमेरकाले पनि समाज विकासमा योगदान गर्न सक्छन भनि आत्मविश्वास जगाईदिने पो गर्नुपर्ला, होईन र ?

 

४. सुरक्षा र प्रसाशनिक निकायबाट अवकासप्राप्त पाका मान्छेले आफैँ गर्नजसक्ने अवस्थामा उहाँहरूका काम फत्येगर्ने व्यवहारीक क्रियाकलाप र स्पातिलो अनुसाशनको सल्लाह घरपरिवार चलाउनसमेत काम लाग्छ । त्यस सँस्कारमा हुर्किएका बालबालिका र किसोरकिसोरीहरूले विद्यालयबाट प्रसँशानै पाएको देखिन्छ । त्यस्ता परिवारका वयस्कहरूको क्रियाकलाप समाजमा अनुकरणीय भएको चर्चा सर्बत्र सुनिन्छ । तपाईँ वयस्कहरूले पाउने ईज्जत तपाईँकै घरका पाका मान्छेले आर्जनगरेको ईज्जत र ज्ञानको एक अँशमात्र हो है ! तपाईँले उहाँहरूका कुरा सुन्ने मान्ने नगरेको भए तपाईँको ईज्जत आकासबाट झरेर आएको होईन है । राम्ररी गुन्नुहोस् ! घरायसी असल वातावरण र सामाजिक ईज्जतको चुलीको जगमा तपाईँहरूका पाका मान्छे हुनुहुन्छ । जगमा खियापार्न वा भत्काउने काम गरेर आफनै सपनाको महल नलडाउनोस् !

 

बिगत :
आजका पाका मान्छेले आफ्ना बाआमा हजुरबाहजुरआमा बिरामीपर्दा डोकोमा बोकेर भएपनि प्रचलित मान्यताअनुसार धामीझाँक्री, झारफुकगर्न र उल्टा ख्वाउन लग्नुभयो । असाध्येभएमा कहीँकतै बिदेशमा पढेर आएका वा स्कूलचलाउन आएका भनि धर्म प्रचारमा आएका गोराको बाससम्म आफन्त बचाउन कुदनुभयो । पुजा, दान, यज्ञसमेत गराउनु भयो र कालो गन्हाउने बोको घरमा राखेर हुन्छ कि काटेर दशा मन्साउनेगर्न सम्पति सक्नुभयो । अहिले फरक कालबेला छ, औषधि बिज्ञानको राम्रो बिकासभएको छ । धेरै ठाउँमा राम्रा अस्पताल नभएपनि औषधि बिज्ञानका प्रारम्भिक जानकारी राख्ने औषधि पसल खुलेका छन् । रोगव्याधको प्रकोप देखिएमा सामान्यतया चिनेजानेका त्यस्ता पसलले पनि सहयोगगर्न र बाटो देखाउन सक्छन ।

 

परिवारका शिष्ट सदस्य तपाईँ आफैँपनि हेक्काराख्नु भएकोहोला, तपाईँका घरका पाका मानिसको दिनचर्या ! तपाईँहरूकै हित ठानेर तपाइँहरू केटाकेटी छँदा उहाँहरूको वयस्क बेला कमाईधमाईमा एकाग्रबनेर सकेको कमाउनुभयो । खानपिन र आरामको ख्यालनगरीगरिएको त्यस्ता अर्थोपार्जनले उहाँहरूमा चालिस वर्ष नाघेदेखिनै अछन्द्याईलो बोसो जीउमा लागि मोटोपन विकास भयो । मोटाएर राम्रो देखिएको भन्ठानेपनि बिस्तारै कम्मरमुनीको भाग सुक्ने र पेट ह्वात्त बढेर अरु रोगहरूलाई अनुकुल भयो । पचासको हाराहारीमा रक्तचापको समस्या सामान्य हुन थाल्यो र बसीबसीगर्ने काम बाहेक सारिरीक श्रमगर्न पसिना नै आउने हुन थाल्यो । श्रमको अभाव, उमेरको बृध्दि, तागतको नाममा चखिलो र तेलीय पदार्थको आकाँक्षाले सायद उहाँहरूमा मधुमेह, मिर्गौलाको समस्या र नसा च्यापिने पनि भयो होला ! पाको उमेरमा सेवा निबृत्त भएर वा रोगले गाँजेर बिस्तारै घरआँगनबाट टाढा जान नसक्ने हुनुभएको पनि होला !

 

परिवारको हितमानै जानिनजानी मिहनेतगरेर तपाइँको परिवार अहिलेको अवस्थामा पु¥याउने त तिनै पाका मान्छे होईनन् र ? अब आफ्नो पारिवारिक हैसियतका मुलाधार ति पाका मान्छेलाई हेलाँहोचो र अर्घेलो ठान्ने गल्ती परिवारले गर्न होला त ? हो, दिनरात उहाँहरूकै अघिपछि पुजागरेझैँ झुम्मिनु पर्दैन, केबल शिष्ट व्यवहार, भनेका कुरा मान्ने, सुन्ने र सकेसम्म गुन्ने गरे त भईहाल्यो नि । त्यस उमेरमा सबैभन्दा मन नपर्ने भनेको दशौँ भोटो फटाएर परिवारको उन्नतिमा जोबन अर्पेकालाई सकृय वयस्कले अनादरसाथ अ¥हाउने,आदेशदिने, सारिरीक कामगर्न लगाउने, अझ झर्कोफर्कोगरेर होच्याउने व्यवहार ठिक होईन । पक्कै तपाइँहरू यस्तो अमानवीय र अशिष्ट व्यवहार गर्नुहुन्न होला । बरु पाका मान्छेका कुरा सुन्नुहोस्, गुन्नुहोस् र सकेसम्म मान्नुहोस्, तपाइँहरूलाई फाईदाबाहेक नोक्सान केहि हुन्न ।

 

भनेको मान्नुहोस् :
पाका मान्छे अथवा आफ्ना बाआमा, हजुरबाआमाले भनेको र ईच्छाअनुसार गर्नु वयस्कहरूको परम कर्तव्य नै हो । वयस्कहरूमा उमेरजन्य उत्साह होला नौला कुरागर्ने, गर्नुहोस्, तर एकपटक पाका मान्छेको सल्लाह लिनुहोस् । उहाँहरूलाई ततविषयको पूर्णज्ञान नभएपनि कुनै अठोटेको काम कसरीगर्ने भन्ने जुक्ति अवस्य हुन्छ । हरेक युगमा हरेक पल नयाँनयाँ काम भएका छन्, कोही परम्परामै टाँसिएका थिए, कोही नयाँ प्रयोगगर्न उत्साहित पनि भए । ति सबैको साक्षी तपाईँका घरमा नै रहेका पाका मान्छे हुनुहुन्छ । उहाँहरू आफैँले नगरेपनि ति अनुभवका आधारमा तपाईँलाई किञ्चित मर्कानपर्ने उपाय सुझाउन सक्नुहुन्छ ।

 

पाका मान्छेको लालनपालनबाट हुर्किएको आफनो उमेर, जोश, जाँगर र उहाँहरूकै भरथेगमा आर्जित तपाईँको योग्यता हो । त्यो गुनको बदला उहाँहरूकै कुरा नमान्ने, घमण्ड देखाउने र अनुभवका खातभएका पाका मान्छेका अस्थित्वलाई नकार्ने कुबुध्दि नगर्नोस । नत्र रहँदाबस्दा तपाईँकै सन्तानले तपाईँको व्यवहारले त्यही उल्टोउल्टो सिकेर उछित्तो काटन के बेर ?

 

सुरक्षित भविस्य र आफ्नै पाको उमेरकालागि पनि तपाईँ आफ्ना घरमा पाका मान्छेका कुरा मान्ने र ध्यानदिने परम्परा बसाली हाल्नोस् । त्यो घरायसी व्यवहारले तपाईँको घरमा ‘तिक्ष्ण मुल्याङ्कनगरीखबरदारी गर्ने, समग्रको हितअहित बिचार्ने अभिभावक हुनुहुन्छ र हामी त्यसैले ढुक्क हुनसक्छौँ’ भन्ने ढाडसयुक्त अनुसाशन कायम हुन्छ । भनेपछि अहिले तपाईँले गरेको व्यवहारले तपाईँको नातीनातिना पूस्तासम्म राम्रोगर्दै हुनुहुन्छ है, गर्व गर्नुहोस् ठिकगर्दैछु भनेर !

 

भनेको सुन्नुहोस् :
हरेक मानिसले लामो जीवनकालमा सिकेका कुरामा भोगेका अनुभवबाट बिचार बनाएको हुन्छ । पाका मान्छेका कुरा सुन्नु पर्दछ, त्यो त सैयौँ फूल चाहारेर माहुरीले थोपाथोपा पराग जम्मागरेर बनाएको महजस्तो हो । पाका मान्छेका कुरा समाज विकास र उन्नतीकालागि त्यस्तै पोषिलो उपहार हो । तपाईँ आफुले श्रमनै नगरी केवल नम्रताले पाउने बहुमूल्य मानव सम्पती हो । उहाँहरूले सम्झाएका अथवा दिएका अर्तिउपदेश सुन्नुहोस्, तपाइँलाई समस्यामा प्रष्टहुन झन सजिलो हुनेछ ।

 

तपाईँलाई हाम्रो नेपाली समाज विकासक्रम बुझ्न पनि रैतीको तहमा भोगाईको निष्कलङ्कता त तपाईँका पाका मान्छेलेमात्र भन्नु हुनेछ । यतीखेर उहाँलाई कुनै लोभ र डरले सत्यबोल्न पछि हटाउँदैन । बिगतको सजिव चित्रणमा रमाउन चाहनुहुन्छ र आफैँ जानकारहुन चाहानुहुन्छ भने पाका मान्छेका कुरा सुन्नु परेन त ?

 

पाका मान्छेहरू‘गनगने, किचकिचे, मुख चिलाएर बोल्ने’ होईनन् बरु आफन्तले आफैँले भोगेको गल्तीमा नपरुन भनि केही हुनासाथ बोल्ने हुन । पाका मान्छेका कुरा सुन्नासाथ अडिने, सुन्ने र आवस्यकपरे नबुझे सोध्ने हो, मुख चलाउने वा ओठे जवाफ फर्काउने होईन । बिचारगरौँ, पाका मान्छे त सादर ज्ञानदिने भकारी हुन, तपाईँका कुरा र व्यवहारले भकारी प्वाल नपरोस्, खालीभाँडोजस्तो अवाक नहोस् ।

 

स्वतस्फूर्त भनेको सुन्नु त छँदैछ, त्यस्तो बाहेक आफुलाई दोधारपरेका सबै कुरामा पाका मान्छेका कुरा सुन्नुहोस् । तपाईँलाई भनिएको सामान्य सल्लाहले पनि तपाईको कैयौँ समस्या सहजै हल हुन्छन् । भनेको नसुनेझैँ गर्दानै अझै मान्छन कि, आफ्नै सन्तान हुन बेमाख हुनत दिनुभएन भन्ने मायाले कुरा दोहो¥याएर सुनाएको हो । सुनेर मानगर्न सक्नुहुन्न भने हियाउने, बेवास्तागर्ने, सुन्या नसुनेझैँ गरेर अवज्ञा र अपमान त नगर्नोस न !

 

गम्नुहोस् :
पाका मान्छेले भनेको बेला अदबका कारणले भनिहाल्ने बानी छैन भने मनमनै गम्नुहोस्, कडा र गालीजस्तै लागेपनि शान्तभएर गम्नुहोस् । पाका मान्छेले आफ्ना सन्तान तुरुन्तै अप्ठ्यारोमा परिहाल्छन कि भनेर अनुभवको निचोडको रुपमा हुन्छ हुँदैन वा नगर्न भन्न सक्छन् । तपाईँले अठोटेको कुरासँग बेमेल भए दोहो¥याएर आफ्ना कुरालाई बिस्तारमा उहाँहरूलाई सादरपूर्वक भन्नुहोस् । थप व्याख्या उहाँहरूबाट आए फेरी गम्नु होस् ।

 

सुनेको ढाँचापारेर गम्ने नाममा कुरै लागुनगर्ने, आफ्नै बाटोमा हिँडने नगर्नोस् । पाका मान्छेले उहाँहरूका कुरा लागुनभएको तुरुन्त थाहा पाउनुहुन्छ । उहाँहरूका सल्लाहपछि तपाईँका हिँडाई, बोलाई र सकृयताबाटै उहाँहरू तपाइँका आज्ञाकारिताको परख गर्न सक्नुहुन्छ । पाका मान्छेका कान, नाक, आँखा कमजोर होलान तर आफन्तका क्रियाकलापलाई उहाँहरूले हावा चलेकैबाट थाहा पाउनु हुन्छ, झुक्याउन त खोज्दै नखोज्नुहोस् ।

 

आफ्ना कुरा ईमानी रभद्रतापूर्वक राख्नुहोस्, पाका मान्छेले पारख गरिहाल्नुहुन्छ । समयक्रमले उहाँहरूले नबुझे सोही कुरा झिँजोनगरि शिष्टतापूर्वक दोहो¥याउनुहोस् साथै त्सकुरामा  आफ्नो आशय र सम्भावनालाई पनि प्रष्ट पार्नुहोस् । पक्कै भद्र सहमतिमा समस्या समाधान हुन्छ ।

 

अन्त्यमा,
पाका मान्छे तपाईँ वयस्क जति सारिरीकरुपले सकृय नहुन सक्नुहुन्छ । ज्ञान र अनुभवको भकारी त उहाँहरू उमेरकै कारणले पनि तपाईँभन्दा छ दशक अघिको हुनुहुन्छ । तपाइँले आशागर्ने भनेको उहाँहरूको उचित अभिभावकत्व र सल्लाह नै हो । तपाइँ र भावि पुस्तालाई अत्तररुपी ज्ञानको पुस्तान्तरण गर्न पाका मान्छेका कुरा सुनौँ, गमौँ र मान्ने कोशिस गरौँ, यसैमा हामी मान्छेको सभ्यता बिकसित र परिमार्जन हुँदै जान्छ । पाका मान्छेलाई अप्ठ्यारोमा पारेर, अभद्र, हेँलाँहोचोको व्यवहारगरेर मानव सभ्यताको बिशाल महललाई भत्काउने अधिकार कसैलाई छैन! तपाइँहामीले पक्कै गर्दैनौँ ।
    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार