• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

लक्षण

जानीसकें मैले पनि झुटको कथा भन्न 
सायद अब योग्य भएँ गुटको मन्त्री बन्न

 

शीर्षज्यूले पत्याउँछन् भन्ने ठानेको छु 
आदेश बोकी लचकदार बन्न जानेको छु  

 

विपक्षीलाई खेलाउने दाउपेच जान्छु 
लेनदेनमा तिनका मान्छे यताउता तान्छु 

 

यी लक्षणको आधारमा उचालौं कि खुट्टा 
जुटाउँ कि कार्यकर्ता भर्दै फुलबुट्टा ?

 

युट्यूवेलाई भनीदिउँला असल लेख्नु हाम्रो
ढाकछोपका गोजी खर्च मिलाइ दिउँला राम्रो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार