• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

द्रौपदी मुर्मू भारतको राष्ट्रपति

काठमाडौं । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्।

 

चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएको तेस्रो चरणसम्मको नतिजा अनुसार उनी राष्ट्रपति चयन भएको बीबीसी हिन्दीले जनाएको छ।

 

पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति बन्ने निश्चित हुन्छ। बिहीवार साँझसम्मको मतगणनामा उनले जित सुनिश्चित हुने मत पाइसकेकी छन्। मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ भने उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ। राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित भू-भागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए।

 

उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ। उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार