• शुक्रबार ६-२१-२०७९/Friday 10-07-2022
डबली

पाको मान्छेलाई एक्लोपनबाट जोगाऔँ!

मानिस सामाजिक प्राणी हो । पृथ्वीमा मस्तिष्क बिकसितभएका हरेक प्रजातिमा आआफ्नै क्षमता बराबरनै हुन्छ । कोही बढी ज्ञानी, चलाख र अग्रगामी भएको त हुर्काई र शारिरिक अवस्थाले गर्दा हो । सबै प्राणीमा मान्छेको मस्तिष्क क्षमता बढि भएसँगसँगै सिक्ने, सोच्ने, रमाउने र राम्रोमान्ने आ-आफ्नै परिस्थिति अनुसार फरक-फरक हुनसक्छ । त्यसैले नै मानिस कोठामा बसीबसी भावनामा सँसार डुल्न सक्छ, धेरै सम्झन सक्छ र अनुभवलाई आफ्नो र अरुको हितअहितमा प्रयोगगर्न सक्छ । उ समुहमा बस्छ, जोडा नबाँधिएकाको पनि आफन्त परिवार हुन्छ । कुनै सर-सहयोगी वा समान पथगामी जोगी र जोगीनी पनि समुहमा नै बस्छन् । समुहमा रमाउनु मानिसको प्राकृतिक स्वभाव हो ।


समुह मोह नभएका कमनै मान्छे भेटिएलान, त्यस्तो भए र पाईए त्यस्तो स्वभाव पलाउनुमा परिस्थितिजन्य कारण हुन्छन् । त्यस्तो हुनु व्यक्तिगत वा सामुहिकरुपमा मानिस प्रजातिकोलागि हानिकारक सावित हुन्छ ।एकलोपन अनुभूत हुनु हरेक मान्छेमा हुने जटिल र खास प्रकारको सम्बेदनशिलता हो । यो विश्वव्यापी सच्चाई र अनौठो प्रकारको मानसिक अवस्था हो । यस्तो कुनै एक कारणले हुने होईन त्यसैले रोकथाम र औषधोपचार पनि एकै किसिमले गर्न सकिँदैन । हरेक उमेर समुहका मान्छेमा आआफ्नै प्रकारले हुने यस्तो सँभावनाले खासगरेर मस्तिष्क नोक्सानी पुर्‍याउँछ । यसले मान्छेमा नाटकीय ढङ्गले सारिरीक र सामाजिक विडम्बना निम्त्याउने खतरा रहिरहन्छ ।

 

एक्लोपन अनुभूति :
ब्रियन्ना गिलमार्टिनको परिभाषामा, सामान्यतया मान्छेको भिडभाड वा परिवारमा पनि आफुमात्र छु जस्तोलाग्नु र एक्लो महसुस हुनु वा लागिरहनु एक्लोपनको अवस्था हो । यो अवस्था त्थ्यगतभन्दा पनि भावनात्मक दिमागी अवस्थाको कारणले हुन्छ । त्यस्ता मान्छेमा आफु रित्तोरित्तो भएको ठानिनु, केवल एक्लो छु भन्ठान्नु र हुँदाहुँदा आफु समाजकोलागि अबाञ्छित छु भन्ने भावना आईरहन्छ । यस्ता मान्छे विभिन्न तरिकाले अरु मान्छेसँग सम्पर्कमा त हुन्छन् तर आफ्नै दिमागी कारणले अरु मान्छेसँग सँबन्ध विकसितगर्न सक्तैनन् । जीवसामाजिक बैज्ञानिक अनुसन्धानले खुट्टयाएको छ कि मान्छेलाई एक्लोपन अनुभूत हुनलाई सामाजिक बहिस्कृत अवस्था, न्युन समामाजिक सिप र व्यवहार धेरै सहायक हुन्छन् । त्यस्तै व्यक्तिको अन्तरमूखि, छिट्टै चित्तदुखाउने स्वभाव र उन्मादमा रहने बानीपरेकाहरूमा एक्लोपनको भावनाले अति दुखदिएको हुन्छ । 


एक्लोपनको अनुभूति भौतिकरुपले मानिस एक्लो बस्दैमा मात्र हुने होईन, यो त भावनात्मक समस्या हो । व्यक्तिले एक्लो र बहिस्कृत ठानिने स्वभाव र मानसिकताको उपजनै यस्तो समस्याको कारण हो । विभिन्न व्यक्तिमा फरक किसिमका एक्लोपनले घरगर्न सक्छ, जस्तो एक्लोपन अनुभूत गर्ने बालबालिकाकमा सामान्य स्कूले वा टोले साथी बनाउन नसकेको वा नभएकोमा देखिन्छ । भर्खरजसो कलेजतिर भर्नाभएकाहरूमा सहपाठी नचिनेका र अनेक थरीकाभएर एक्लो महसुस हुनसक्छ । सेना र प्रहरीमा पनि भर्खर भर्तीभएर खटिएको ठाउँमा जाँदा टालीमा सबै नचिनेका र मनका कुरागर्न नसकिएबाट नौलो एक्लो अनूभुत हुनसक्छ । पाको उमेरमा आफ्नो जीवनसाथी गुमाएका महिला वा पुरुषमा जीवन अब खल्लोलाग्ने अर्को खालको एक्लोपनले मन झिँझ्याईरहेको हुन्छ । उनिहरू आफ्नो कुरा सुनिदिने आत्मियको अभावमा सुस्केराहाल्दै ‘मलाई पनि लगेको भए हुने’ बेलाबेला भन्दै आफ्नो एक्लोपन अभिव्यक्त गरिरहेका हुन्छन् । एक्लो अनुभूतगरेकाले दर्शकमान्छेलाई कुनै वास्तै नगरेर चिडियाखानाका प्राणी एकोहोरो हिँडाईमा पिँजडाभित्र व्यस्त देख्नुभएको होला नि ?

 

एक्लोपन र एक्लोहुनु एउटै अवस्था होईन । एक्लोपन भावनात्मक कुरा हो भने एक्लेहुनु परिस्थितिजन्य कुरा हो । भिडभाडमा आफ्नो मानसिक तनावले एक्लो महसुसहुनु र कोही नभएको एकान्तमा रमाउनु फरक कुरा र अवस्था हुन । अनुसन्धानले प्रष्ट खुट्टयाएको छ कि एक्लोपनको भावना र सामाजिक बहिस्कृत अवस्थाले सारिरीक र मानसिक दुबै स्वास्थ्य बिगार्छ । तर एकान्तको मज्जा बेग्लै छ, मान्छे कत्ति रमाउँछ कोलाहलविहिन प्राकृतिक रमणीयताको एकान्तमा ? त्यस्तो एकान्तले त बिना कुनै अवरोध मान्छेलाई खास विषयबस्तुमा एकाग्रभएर चिन्तनगर्न पो मद्दत गर्दछ र स्फूर्ति पूनर्ताजगी गराउँछ ।

 

त्यसैले एक्लोपन सामाजिक सम्पर्क रहँदारहँदै एक्लो अनुभुत गर्नु हो र समुहबाट अनिच्छत पृथकीकरण हुनु वा अनुभुत गरिनु, बहिस्कृत हुनु र अरुको हेँला होचोमा परित्यक्तहुनु हो। एकान्तप्रिय हुनु चैँ स्वेच्छिक हो । मान्छेले एक्लै बसेर, सोचेर र कामगरेर आनन्दीत हुने र फेरी ईच्छागर्दा आवस्यक अरु मान्छेसँग समाहितहुने, साथलाग्ने स्वभाव एकान्तप्रिय हो । यस्तोगर्ने मान्छेले एकान्त खोज्ने र साथीभाई पहिल्याउन बडो सन्तुलित हुन्छन ।

 

एकान्तको बेफाइदा :
एकान्त रुचाउने वा एक्लोपन विभिन्न स्थितिगत कारणहरू जस्तो भौतिक रुपले एक्लो पर्नु, नयाँ ठाउँमा बसाईँसर्नु जोडिको पारपाचुके हुनु आदिले हुनसक्छ । आफ्ना प्रियजन वा जीवनसाथीको असामयीक देहावसान पनि उल्लेखनीय कारण हुनसक्छ । यस्तो स्वभावको निरन्तरताले नकारात्मक मनोबैज्ञानिक असरले पाका मान्छेमा उन्मादभएर एकान्तप्रिय हुनसक्छन् । त्यसपछि आफ्नो अस्थित्वनै नभएझैँ ठान्ने, आत्मविश्वास गुमाउने, आफुलाई कसैले गन्दैनन् भन्ठान्ने, र मेरो कोही छैन भनेर असाध्य विषादमा रहने गर्छन् । अन्तरमूखि व्यक्तिगत स्वभाव भएकाहरूमा अरुसँग सम्बन्धराख्न असमर्थभएर पनि पाका मान्छे बहिस्कृत भईरहेका हुन्छन् ।

 

निरन्तरको एक्लो अनुभवले पाका मानिसमा विभिन्न गलत बानीव्यहोरा र सारिरीक व्यथा पलाउन सक्छ । पिर बिर्सन भन्दै मादकपदार्थ सेवन र दुव्र्यसनको लतलाग्न सक्छ। एक्लोपरेको रीस र अरुप्रतिको ईश्र्याले विभिन्न असामाजिक क्रियाकलाप गर्न सक्छन् । मस्तिष्कको सोचाईनै उल्टोपाल्टो भएर सिक्न, सम्झन र विवेक पु¥याउन असमर्थ हुन्छन्। निर्णयगर्ने क्षमतामा ह्रास आउँछ तथा एक्लिएको चिन्ता र विषादले सिमा पारगरेर उन्मादभई आत्महत्या गर्न सक्छन् । धुम्धुम्ती बसिरहँदा मोटोपन बढछ र उच्च रक्तचापले हैरान पार्छ । अल्ज्हाईमर रोगले च्याप्न थाल्छ र मुटुफोक्सोमा समस्या आएर हृदयघात हुनसक्छ । पाका मान्छेको यस्तो अवस्थालाई उमेरिदा यस्तै हो भन्नेलाई पनि रहँदाबस्दा सोचाईमा प्रभावपरेर ती स्वभाव र रोगहरू सरुवा रोगझैँ अरुलाई हुनसक्छ । त्यसैले बेलैमा पाका मान्छेलाई स्वस्थ्य जीवन जीउन परिवारका सदस्यले मद्दत गर्नुपर्छ र अरुहरू पनि जोगिनु पर्छ।

 

एक्लोपन घटाउने उपायहरूः 
सबै उमेर समुहमा हुनसक्ने एक्लोपन घटाउन र हटाउन विभिन्न उपायहरू प्रयोगमा ल्याउनु राम्रो हुन्छ । सबैलाई एउटै मापदण्डमा राखेर हुँदैन, व्यक्तिगत स्वभाव, बानी व्यहोरा र रोगलागेको कारण मनन गरेर एकिकृत उपायहरूबाट निराकरण गर्नु परिवार र समाजको हितमा हुन्छ । पाका मान्छेमा एक्लोपन आउनु सा¥है चित्तदुखेको अवस्थाको सङ्केत हो । बाहिरी कारणले भएमा त्यस्तो ठाउँलाई बहिस्कार गर्नगराउन सकिन्छ तर घरभित्रकै कारणभएमा परिवारमा ठूलो सङ्कट आउन सक्छ । पाका मान्छेको सकेको सकृय र हँसमुख दिनचर्याले बालबालिका र किसोरकिसोरीमा सकारात्मक प्रभाव परिरहन्छ । त्यसैले घरका वयस्क मान्छेले पाका आफ्ना अभिभावकलाई केन्द्र चेरीले लेखेका र चिकित्सक स्टिभान्स गन्सले समेत सन २०२०मा सिफारिसगरेका विभिन्न उपायहरू गरेर भएपनि एक्लोपनबाट जोगाउन निम्नलिखित उपाय गर्न सकिन्छ ।

 

१. विविध जाँगर र अझै सकृयरहन मनपराउने पाका मान्छेका समुह, सँस्था र सामाजिक सेवाका क्षेत्रमा एक्लो महसुसगर्न थालेका आफ्ना मान्छेलाई लैजानुहोस् । त्यहाँ उहाँलाई राम्रोलाग्ने स्वभावकासँग मित्रतागराईदिन मद्दत गर्नुहोस् । आफ्ना उमेरसमुह र उस्तै परिस्थितिभोगेका बिच कुराकानी हुनपाई तपाईँका पाका मान्छेमा हौसला र अझै बाँच्ने स्फूर्ति बढने हुन्छ ।

 

२. एक्लोपनाले हरेक कुरा नकार्ने मानसिकता बनाउँछ । समुहमा पु¥याएर आफ्ना पाका मान्छेलाई उस्तै मूल्य, मान्यतामा हुर्केका, सकारात्मक र प्रगतिउन्मुख सोचभएका मानिसहरूको सङ्गत गराईदिनोस । उहाँहरूमा पनि बिस्तारै सङ्गलेरङ्गसर्ने सम्भावना अधिक हुन्छ ।

 

३. एक्लोपन भावनात्मक कुराभएकाले परिवर्तनगर्न सकिन्छ र हुन्छ । एकैरातमा हुने कुरा होईन, धर्य गर्नोस र नियमित प्रयास गर्नुहोस् । बारम्बारको मन मिल्नेसँगको सङ्गतले तपाईँका पाका मान्छे समाजिक र हँसमुख फेरी जरुर देखिन थाल्नुहुन्छ ।

 

४. स्वभाव र मानसिकतामा परिवर्तनले रोगव्याध घटाउन र हटाउन मद्दत पुग्छ भन्ने पनि सम्झाउनु होस् । त्यसैले आफ्ना पाका मान्छेलाई सचेत प्रयासगर्न हौसला दिईरहनु होस् । थप श्रव्यदृश्य सामाग्री पदर्शन र पुस्तक बाचन गरी समस्या सुल्झाउन मद्दत गर्नुहोस् ।

 

५. आफ्ना मान्छेको प्रगतिसँगै उहाँलाई आफ्नै टोलछिमेकमा समुह बनाई नेतृत्वगर्न उक्साउनुहोस् । राम्रोभएको अवस्थामा अरुलाई पनि बाटो देखाउन सक्छु भन्ने आत्मविश्वास बढेर उहाँहरू झन सक्रिय र स्वस्थ्य हुँदै जानुहुन्छ ।

 

६. पाका मानिसका पहिलेका साथी र अहिले बनेका साथीहरूलाई बोलाउन, फोनगर्न र भेटघाटगर्न सहजिकरण गर्नुहोस् । उहाँलगायत परिवारका सबै मानिसलाई रमाईलो हुन्छ, उहाँहरूका उतिखेरका बैँसका कुरा, कामको विविध पक्ष आदि सुनेर ।

 

७. पाका मान्छेले भने जसरी घरायसी काम गरिदिनोस । उहाँहरूमा आफ्नो महत्वभएको आभासले सकृयता अझ बढेर एक्लोपन हराउन थाल्छ । कामगर्न अनुकुल नपरे कम्तीमा धर्यगरी सुनिदिनुहोस् र जवाफ नफर्काउनुहोस् ।

 

८. बेलाबेलामा ‘तपाइँ नगई त हामी पनि नजाने’ भनि बाहिरफेर खानाखान वा खाजाखान जाने । खाना पनि सकेसम्म उहाँहरूलाई मनपर्ने मगाउने । खाना पछि कतिखेर फर्कने उहाँहरूकै ईच्छाअनुसार गरिदिने । परिवारका सदस्य ‘आफु नभए दुखमनाउ गर्छन’ भन्ने परिरहोस् । पाका मान्छेलाई त्यसोगर्दा हुर्कँदै गरेका साना केटाकेटीमा पनि आदर र मानमनितोगर्ने सँस्कार बस्छ र तपाईँ आफैँले पनि पाउनुहुन्छ ।

 

९.कहिलेकाहीँ ठूलोपर्दामा विभिन्न पारिवारिक सामाजिक सिनेमा हेर्न सिनेमा हलमानै जाने । सकेसम्म परिवारका सबै लैजाने नभए कम्तीमा जिम्बेवार वयस्क र पाका मानिसहरू जानु राम्रो हुन्छ । ऐतिहासिक, सामाजिक र साँस्कृतिक कार्यक्रमहरू देखाईने बिज्ञापन देखे नाचघर र त्यस्ता सभाभवन तिर पनि पाका मान्छेलाई लैजाने । बयस्कहरूले पुराना कुरा थाहा पाउने र पाका मान्छे आफ्नो पालाको भनि गर्वगर्दै कतिदिनसम्म घरमा बर्णनगर्दा रमाईलोनै हुन्छ । भेटन आउने हरेकलाई पाका मान्छेले मेरो फलानोगर्दा यो हेरेको त्यो हेरेको भनि गफ्फीएको सबै वयस्कलाई मन पर्छ नि होईन र ?

 

१०. हिँडडुल सक्ने नै हुनुहुन्छ भने पाका मान्छेलाई लिएर ससानो पैदल भ्रमणमा निस्कौँ । ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रबारे उहाँहरूलाई धेरै थाहा हुन्छ, झिँझो नमान्जेल सोधेर वयस्क र केटाकेटीले ज्ञान आर्जनगर्ने राम्रो अवसर पाईन्छ । नयाँ खुलेका पर्यटकीय स्थलतिर घुम्दा आफुले जानेको भनौँ, उहाँहरू नयाँ जानकारी र सँरचनामा मक्ख पर्नुहुन्छ। पहाडबासीलाई तराईको भ्रमण र तराईबासीलाई पहाडतिरको भ्रमण गराउँदा एक त स्थान परिचय हुने अर्को मनोबैज्ञानिक प्रभावपरेर मन सन्तुलित हुने र तनाव सिथिलभई सबैमा हार्दिकता बढने हुन्छ । यस्तो सुमधुर सम्बन्ध विकसित हँुदा कसैमा पनि एक्लोपनले ढिम्कीन पाउन्न नि । बरु एकअर्कालाई मद्दतगर्ने, हेरबिचार पु¥याउने र विभिन्न अनुभव सबैलाइ हुनेहुन्छ । सबैलाई फाईदा भएन भन्या ?

 

११.भौगोलिकरुपले विविध ठाउँमा जान नसके प्रसिध्द सहर, अजायवघर, चिडियाखाना र नौला मेला लागेका ठाउँमा जान सकिन्छ । ज्ञान र जानकारीमात्र होईन समयसापेक्ष सबैले अनुभव र मनोरञ्जनगर्न सक्छन । अचेल विविध चालचलन, भाषा, परिकार पाईने र मनोरञ्जनगर्ने धेरै व्यापारिक ठाउँ खुलेका छन् । कहिलेकाहीँ आफ्नो समय र स्रोतले भ्याउँछ भने यसो त्यता लस्कीए पनि रमाईलै हुन्छ र एक्लोपन बिरुध्द राम्रो औषधिको काम हुन्छ ।

 

१२. हरेक कामकाज पछि आफ्ना प्रगति र कमजोरी सुनाएर पाका मान्छेबाट सल्लाह लिऔँ । पाका मान्छेले कहिल्यै अहितहुने सललाह दिनुहुन्न, तपाईँलाई फाईदै भयो । उहाँहरू पनि आफुलाई पुछेकोमा सन्तानप्रति गर्व गर्नुहुनेछ र ईष्टमित्रलाई प्रशँसाको ललरी गाईरहनुहुनेछ । यसबाट पाका मान्छे पनि खुस, वयस्कहरू पनि ईज्जत बढेर मक्ख ।


अन्त्यमा,
पाका मान्छे केवल सामान्य शिष्टाचार र मानवीय सदभावको आकाँक्षी हुन्छन् । आफ्नो बर्कतले भ्याएसम्म तपाईँ वयस्कको हितमा कामगरेका उहाँहरूउमेरिदा तपाईँहरूबाट केवल सदभाव खोज्छन् । सकेको अझै गर्दैरहेका पाका मान्छेलाई अर्घेल्याईँ गरी चित्त नदुखाऔँ । तपाईँहरूका जस्तो बैँश उहाँहरूलाई पनि आएको थियो, तर सकेको परिवार उन्नतीमा लाग्नुभयो र अहिलेको पारिवारीक स्थिति बन्यो । उहाँहरूले बोल्न पाउनुपर्छ, बोल्यो कि पोल्योको स्थिति पारेर बोल्न बन्दगराई एक्लोपनको सिकार नबनाउनु होस् । कान्तीहिन अनुहार, विषादको सुस्केरा र सजल विस्फारीत ती पाका आँखा हेरिरहन सक्नुहुन्छ भन्या ?यो उमेरमा उहाँहरू अवाक पर्नुको अर्थ तपाईँको व्यक्तिगत जीवन कलहपूर्ण बनाउनुमात्र होईन अनावस्यक खर्च बढाउनु पनि हो । पैसानै नपर्ने शिष्टाचारले हुनेमा बृध्द बाआमालाई किन रोगी बनाई लोकलाज बचाउन दुखगरेर कमाएको धन औषधिगर्न खर्चगर्नु हुन्छ ? त्यो उमेरमा न रोग निको होला न तपाईँको सम्पतिले पुग्ला ? फेरी तपाईँका सन्तानले तपाईँलाई के गर्लान ?
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार