• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

फेरी बढ्न थाले कोराना संक्रमित

काठमाडौं । आज एकै दिन २०० बढी कोराना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा २०६ जनामा कोरोना संक्रमण देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ५०७ पुगेको छ ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ८१० पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार