के खबर छ शेयरबजारको ?

के भाउ छ लालसलामको ? जयनेपालदर के छ ?
शहिद स्टक कति पुग्यो ? नेताको मोल के छ ?
के खबर छ शेयरबजारको ?
कसको सपना कति बिक्यो ? हकवाला दर के छ ?
सपना स्टक कति पुग्यो ? विपनाको मोल के छ ?
के खबर छ शेयरबजारको ?
कति मुल्य छ न्याय र कानुनको ? ओहदाको दर के छ ?
आयोग स्टक कति पुग्यो ? त्यागीको मोल के छ ?
के खबर छ शेयरबजारको ?
कति पार्टीहरु नयाँ खुले ? शेयरको दर के छ ?
मन्त्री स्टक कति पुग्यो ? चुनावको मोल के छ ?
के खबर छ शेयरबजारको ?
प्रतिकृया दिनुहोस