• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

काठमाडौं । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्।

 

तर उनी अर्को प्रधानमन्त्री चयन हुनुअघि शरद ऋतुसम्म प्रधानमन्त्रीका रूपमा निरन्तर रहने छन्।

 

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।

 

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि यूकेका प्रधानमन्त्री बोरिस जोनसनले चर्को दबाबको सामना गरिरहेका थिए।

 

यसअघि हिजो बुधवार उनले ब्रिटिश संसद्‌को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट 'व्यापक जनादेश' पाएको र त्यो 'जारी रहने' बताएका थिए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार