• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

 

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ। 

 

यस्तै हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ। हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार