• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

प्रेस युनियन उपमहासचिबमा गौतमको दाबी

काठमाडौं । संचारकर्मी युवराज गौतमले आसन्न नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा उपमहासचिब पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

 

हाल केन्द्रीय सदस्य रहेको उनलाई प्रेस युनियन इलाम शाखाले पनि गौतमलाई उपमहासचिबमा अघि बढाउने निष्कर्ष निकालिसकेको छ। इलामबाट नै उपाध्यक्षमा सोमनाथ सुसेलीले पनि इच्छा देखाएका छन् भने केन्द्रीय सदस्यमा प्रेम अधिकारीले इच्छा ब्यक्त गरेका छन् । 

 

२०७९ साउन ६ र ७ गते वाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनमा अन्य पदमा उम्मेदवारी घोषणा गर्ने लहर नै चलको छ। अध्यक्षमा शिव लम्साल, अनिता विन्दु, दिपक आचार्य, रामप्रसाद दाहाल, सरोज अधिकारीलगायतले इच्छा देखाएका छन । २०५८ सालमा इलामको फिक्कलबाट प्रकाशित पावनभूमी साप्ताहिकमा वितरक र संवाददाताका रुपमा पत्रकारितामा प्रवेश गरेका उपमहासचिबका उम्मेदवार गौतम २०५९ देखि २०६१ सम्म स्पेसटाइम दैनिकमा दार्जिलिङ र इलाम संवाददाता रही काम गरेका थिए ।

 

२०६२ देखि पूर्वाञ्चल दैनिक र  जनसंसद दैनिकमा स्टोरीबेस लेखनमा सक्रिय उनी २०६४ देखि काठमाडौंमा रही कान्तिपुर साप्ताहिक र भावी नेपाल साप्ताहिकमा पनि नियमित सक्रिय थिए । २०७० देखि २०७७ सम्म ईमेज ग्रुप अफ कम्पनीज अन्तर्गत ‘इमेजखबर डटकम’को डेक्स सम्पादक भएर काम गरेका गौतम २०७७ देखि एक बर्ष ‘हाम्राकुरा डटकम’मा समाचार संयोजकको जिम्मेवारीमा थिए । २०७६ देखि हालसम्म ‘अर्थबजार डटकम’को सम्पादकको जिम्मेवारीमा छन् । बरिष्ठ पत्रकार किशोर नेपाल सम्पादक रहेको रुपान्तरण डटकममा पनि उनी सम्पादकीय नेतृत्यमा काम गर्दै आइरहेका छन् । उनले फ्रेसन्यूज नेपालको समाचार संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । 


प्रेस युनियन इलाम कार्य समिति सदस्य, केन्द्रीय पार्षद हुँदै पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गौतमले केन्द्रीय समितिमा बसेर प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए । डिजिटल मिडिया विभागको संयोजकको जिम्मेवारी पाएपछि उनले डिजिटल मिडियासम्बन्धी रचनात्मक कार्यक्रमहरु गरेका थिए । राजनीतिक, सामाजिक र पर्यटन सम्बन्धी मुद्दामा लेख्न रुचाउने उनी उपमहासचिबका बलिया दाबेदार हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार