• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

असार १० भित्रै पार्टीका विभागहरु गठन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानतः असार १० गतेभित्रै पार्टीका विभागहरु गठन गर्ने तयारी गरेका छन् ।

 

सभापति देउवाले पार्टीका विभागहरु गठन गर्न चासो नदेखाएको भन्दै आलोचना शुरु भएको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत ध्यानाकर्षण गराएपछि सभापति देउवा विभाग गठनको तयारीमा जुटेका हुन ।

 

प्रवक्ता प्रकाशशरण महतले विधानमा भएको व्यवस्था बमोजिम महाधिवेशनको ६ महिनाभित्रै विभाग गठनको तयारीमा सभापति देउवा लागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार