• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

रवि लामिछानेद्वारा राजनीतिक दल घोषणा

काठमाडौं । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाएका छन् ।
 

दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै अन्य सदस्यहरूको नाम खुलासा गर्ने बताए । 
 

यसैबीच राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुग्नुभएका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराए । आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताए । उनले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताए ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार