• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि  बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ ।

 

अब बढेको मूल्य अनुसार प्रतिलिटर १९९ रुपैयाँ तोकिएको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । 

 

यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार