• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
डबली

त्रासदीय भूकम्प

कस्तो यो अनर्थ भयो आज यहाँ
कत्रो यो बिपत आयो किन यहाँ
धर्ती हल्लाई आयो भूकम्प, छोडि गयो बिनास
गडगडाई आयो भूकम्प, चुँडि लग्यो आस

 

पुस्ताले छोडेका धरोहरहरु, सारा थल्लिएका छन्
भिमसेनले दिएका धरहरा, आज भास्सिएका छन्
काष्ठमण्डप, तलेजु, बागेश्वरी, सारा ध्वस्त भए
गुहेश्वरी, कुमारी, कागेश्वरी, सारा नस्ट भए
अस्तव्यस्त भए सारा, जब हल्लियो धर्ती
ध्वस्त पाताल भए सब, मठ, मन्दिर, मूर्ति

 

कसैको घर ढले, कत्तिको छत खसे
कोही अग्लो घरहराबाटै खसे
कोही आफ्नै घरको दलिनमै फसे
कत्तिको खोसी लग्यो बास
कत्तिको शरिर बन्यो लास

 

पलभरमै हजारौं हजार, बिक्ष्राम लिन गए परलोक
देश रुँदै छ आज, बिर्सी नसक्नु भए यो शोक
त्रासदीपूर्ण भूकम्पले कति अशक्त भए, अनाथ भए

 

जुन घरमा तिनको सारा जिबन चल्यो
हेर्दा हेर्दै त्यो घर आज समतल्ल ढल्यो
एक्कासि भयो कैंयौंको आज, पाटीपौवाको बास
सपना ध्वस्त भयो, छ केवल रित्तो आस 
कोही मरे कोही बाँचे, दैवको यो कस्तो कथा
मर्ने त मरि गए, बाँच्नेका छन गहभरि ब्यथा


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार