• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

मन्त्री हेरफेर नियमित प्रक्रिया : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् । ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं । सुरूदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो,’ अध्यक्ष नेपालले भने ।

नयाँ नामअनुसार स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास विकासमन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको लागि सिफारिस गरेको छ ।

 

एकीकृत समाजवादीबाट सरकारमा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ भने स्वास्थ्यमन्त्रीमा बढुवा भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार