• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।आइतबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

 

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

 

यस्तै प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकता लगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार