• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ ।

 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरेका हुन् ।

 

अध्यक्ष मल्लले सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गरेका छन् ।

 

राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको  समेत उल्लेख  गरे  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार