• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कांग्रेसको अ‌हंकार बढे एमालेलाई जसरी ठेगान लगाउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढे एमालेलाई जसरी ठेगान लगाउने चेतावनी दिएका छन् । 

 

प्रचण्डले चुनावमा पाएको सफलतासँगै नेपाली काँग्रेस अहङ्कारी हुने हो कि भन्ने आशङ्का समेत व्यक्त गरेका छन् । देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावको नतिजासँगै काँग्रेसका कतिपय नेतामा दम्भ र अहङ्कार देखिएको टिप्पणी गरेका छन ।

 

स्थानीय तह चुनावमा गठबन्धन इमानदार नभएको उल्लेख गर्दै यसबाट पाठ सिकेर आउँदो चुनावमा पनि गठबन्धनमा थप सुधार आवश्यक रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार