• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

भिक्टोरिया क्रस प्राप्त थापाको वास्तविक कथामा आधारित‘गोर्खा : बिनिथ द ब्रेभरी’ साउनमा प्रदर्शन हुने

काठमाडौं । भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । चलचित्र साउनमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।

 

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक शाही आफैंले गरेका हुन । 

 

चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ ।चलचित्रमा मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता रहेका छन । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार