• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको छ : सांसद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले गठबन्धन सरकारले संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोपसमेत लगाएका छन ।

 


 मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई उनले दबाब दिए । सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेस प्रदेशका लागि नछुट्ट्याएको भन्दै पुनर्विचार गर्न समेत आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार