• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सिङ्गो बजेटको करिब २८ प्रतिशत ऋण लिएर कसरी मुलूक चल्छ : शेरबहादुर तामाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले  करिब २८ प्रतिशत ऋण लिएर कसरी मुलुक चल्छ भन्दै प्रशन गरेका छन । उनले इतिहासमा पहिलोपटक बेअर्थको बजेट आएको समेत आरोप लगाएका छन्।

 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैँ उनले आयातमुखी बजेट भएकाले बजेट बेअर्थको भएको बताएका हुन्।

 

उनले अर्थमन्त्रीलाई सोधे, ‘सिङ्गो बजेटको करिब २८ प्रतिशत ऋण लिएर कसरी मुलुक चल्छ ? यो जनतामाथिको धोका हो।’

 

मेलम्चीको बाढीमा सरकारको आँखा किन परेन भनेर पनि तामाङले प्रश्न गरेका छन्। ‘नदी नियन्त्रण गर्नेतर्फ किन अर्थमन्त्रीको आँखा परेन ? ’उनले प्रश्न गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार