• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

विद्यार्थी बलात्कार गरेर भागेका प्रिन्सिपल खड्का ५ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् ।

 

सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरीको धरान उपमहानगरपालिका–१० स्थित गेष्ट हाउसमा पु–याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

उनले ती छात्रालाई स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ । बलात्कृत भएपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक–पटक मानसिक यातना दिने गरेका थिए ।

 

बलात्कार गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेपछि तत्कािलिन सुनसरी प्रहरीले चासाे नदेखाएपछि खड्का फरार रहेका थिए । राजधानी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार