• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

त्रिवि,परोपकार प्रसूतिसहित ८ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भए पनि केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् ।

 

 काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आइतबार पनि ओपिडी सेवा सञ्चालन भए ।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा पनि आइतबार ओपिडी सेवा सञ्चालन भएका छन ।यस्तै, प्रदेश अस्पताल सुर्खेत,आयुर्वेद चिकित्सालय नरदेवीले आइतबार ओपिडी सेवा सञ्चालन गरेका छन् ।यी अस्पतालहरूले आइतबारको बिदाका विषयमा थप छलफल गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार