• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन,प्रधानमन्त्री देउवा मन्त्रीसहित भैरहवामा

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ ।

 

विमानस्थलको औपचारिक उद्घाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरेका छन् ।

 

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् ।

 

लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै भैरहवा पुगेका छन्। उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि भैरहवामै छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार