• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

भरतपुर : विजय सुवेदीले लिए अग्रता(पछिल्लो मत परिणाम)

 भरतपुर ।  चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।

 

 ९३७० मत गणना गर्दा एमालेका उम्मेदवार सुवेदीले ३३२४ मतसहित अग्रता कायमै राखेका छन ।माओवादी केन्द्रकी रेणु दाहाल ३३०६ मतका साथ सुवेदीलाई पछ्याई रहेकी छन ।भरतपुरमा सुवेदी र दाहालबिच कडा प्रतिस्पर्धा देखिएको छ । 

 

बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन भने  राप्रपाकी हिमला गुरुङको २६५० मत प्राप्त गरेकी छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार