• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

फ्रेसन्युज पाचौं वर्षमा !

काठमाडौं । चारबर्ष अघि सुरु भएको हाम्रो यात्रा पाँचौं बर्षमा लागेको छ । गौशाला बत्तीपुतलीबाट हामीले थालेको यात्रा सहज पक्कै पनि थिएन । दर्जनौं अनलाइन मिडियाको भिडमा हामी पनि थपिदैं थियौं । चुनौति थियो यो भिडमा कसरी फरक पहिचान बनाउन सक्छौं भन्ने । दुईथान टेबुल र दुई थान कम्प्युटरका सहायतामा फ्रेसन्यूजको औपचारीक जन्म भएको त्यो दिन । घटनाप्रधान समाचार सामग्रीहरुको लहर थियो भने विधागतरुपमा नयाँ नयाँ अभ्यासहरु हुँदै थिए । 


कुनै एक बिटमा मात्रै कलम चलाउनु पनि आफैमा एक जोखिम त थियो नै । फ्रेसन्यूजले आफूलाई अलिक पृथक र फराकिलो बनेर अघि बढ्न चाहेको थियो सोहि अनुसार नै हामीले हाम्रो टिम परिचालन गर्दै समाचार  सामग्रीहरुलाई प्रथमीकतामा राखौं। त्यसमध्ये पनि नेपाली कला क्षेत्रमा दुनियाँको आकर्षण बन्दै गएको नाट्य क्षेत्र अर्थात रंगमन्चलाई आफ्नो प्रमुख स्तम्भ नै बनाएर अघि बढ्ने त्यो प्रयत्नलाई यहाँसम्म आउदा पनि हामीले निरन्तरता दिइरहेका छौं । कला साहित्यका विविध बिधा संगै आम समुदायले भोगेका जनजिवनका विभिन्न पाटाहरुलाई पनि हामीले समाचार सामग्रीहरु मार्फत सुसचित गर्दै राज्यलाई प्रशन सोध्ने क्रमलाई जारी राखेका छौं । समय समयमा हुने बिभिन्न प्रकोप महामारीका घटनाहरुमा फ्रेस न्यूज नेपालले स्थलगत रिपोटिगं गर्दै आम नागरिकका आवाजलाई संबन्धित निकायसम्म पुराउदैं आएको छ ।


कोरानाको महामारीका बीच पनि हामीले हाम्रो जिम्मेवारीलाई निरन्तरता दियौं । टिमका साथीहरु कोरोनाबाट संक्रमण हुदाँ कसरी सहयोग गर्न सकिन्छ भनेर पहल जारी राख्यौं। आम समुदाय उद्योगी, किसान, मजदुर, सरकारी, गैरसरकारी संघसस्था, राजनीतिक दल, नागरिकसमाज सबैका सवाललाई फ्रेस न्यूजले  समावेश गर्दै आइरहेको छ ।

 

पत्रकारिताको धर्म, मर्म र आचारसंहिताको पूर्ण पालना गर्दै हामी आजबाट पाचौं वर्षमा  प्रवेश गरेका छौं । हाम्रो अबको प्रयासले समाजको चेतना स्तरको बिकास र खबरदारीमा थप पहल गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ । आगामी दिनमा तपाईका सल्लाह र सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने छौं । 

 

आशा छ आउँदा दिनमा सँधै हामीले तपाईहरुको साथ पाइरहने छौं । तपाईको सल्लाह र मार्ग निर्देशनले नै हामीलाई चुनौतिको सामना गर्न सक्षम बनाउने छ । नेपालमा खारिएका स्तभकार र बौद्धिक बर्गलाई आफ्नो मार्गदर्शकका रुपमा लिएर अघि बढेको फ्रेसन्यूज नेपाल डटकम शुरुवातका सहकर्मीहरु युवराज गौतम, रोमन आचार्य, जमिन राई, विभुसा थापा, ज्योति भट्टराईलगायतका सहकर्मीहरुलाई स्मरण गर्न चाहन्छु। पुर्व अध्यक्ष सुकृत नेपालको उत्साह र जाँगरले टिमलाई अहिले पनि उर्जा दिइरहेको छ ।

 

स्तम्भकार बरिष्ठ पत्रकार किशोर नेपाल, अर्थविद्ध तथा हाम्रा नियमित स्तम्भकार बिनोद सिजापती, प्रा.डा.माधवी सिंह शाह, कपिल लोहनी, लेखक तथा व्यंग्यकार चट्याङ मास्टर, साहित्यकार प्रकाश गौतम, कानुन व्यवसायी एवं अधिकारकर्मी राधा जि.सी लगायत बिज्ञापनदाता सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । फ्रेसन्यूज नेपालका समाचार सामग्रीमा प्रत्यक्ष अप्रत्यक्ष  सल्लाह सुझाव दिनुहुने समस्त पाठक वर्गहरुलाई पनि धेरै धेरै धन्यवाद । आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं ।

 

सम्पादक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार