• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

फेरी बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ । 

 

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । 

 

यो संगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको  मूल्य १५३ रुपैयाँ पुगेको छ ।   

 

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको  प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढाएको हो ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार