• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

ललितपुरमा बिहान ७ बजेदेखि मतगणना सुरु हुँदै , काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना

काठमाडौं । हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।

 

 काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ भने ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

 

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने बताइएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो । हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ ।

 

 स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा मतगणना जारी छ । चितवनको कालिका र माडी नगरपालिकामा पनि मतगणना जारी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार