मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका लामा विजयी
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।१५८ मत ल्याएर लामा विजयी भएका हुन् ।
योसँगै स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् ।
४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो भने ३५ मत बदर भएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस