• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन

काठमाडौं। सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबारको प्रेस बिफ्रिमा  प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन ।

 

प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध गरेको डा मिश्राको भनाई छ ।  स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान संचालन नहुने डा। मिश्राले जानकारी दिइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार