• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

थप २१ जनामा कोरोना पुष्टि ,१८७ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७८८  जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा  २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

हाल  १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १८७ रहेको छ  ।


पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण आज कसैको  मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१  पुगेको छ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार