• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन बन्द हुने

काठमाडौं । मतदानका दिन यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सो निर्णय गरिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा सोमबार जानकारी गराउनुभएको हो ।  

 

अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शब बाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवाजस्ता अत्यावश्यक सवारी साधन भने सुचारु हुन दिने आयोगले प्रष्ट पारेको छ ।

 

सोहीअनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय आयोगले गरेको छ । 

 

 

त्यस्तै, स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलम बाहेक कालो, रातो, नीलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको कलम, डट्पेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार