• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

मतपत्र च्यात्ने बानी परेका छन्, मतगणना नसकिएसम्म नसुत्नुस् : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

पोखरा महानगरपालिकाको मेयर कृष्ण थापा र उपमेयर मन्जु गुरुङको टिमलाई मत माग्न पुगेका ओलीले आज (सोमबार) आयोजित जनसभालाई सम्बोधन गर्दै गठबन्धनका सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने उनको भनाइ छ  ।

 

 ओलीले भने,‘गठबन्धनले भोटले जित्ने होइन । यिनीहरु मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् ।भरतपुरमा पहिले त्यसै गरेका हुन् ।' गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको  उनले आरोप लगाए  । ओलीले काँग्रेसको बेहाल भइरहेको समेत टिप्पणी गरे । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार