• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

ओलीले कांग्रेसमाथि मिथ्या आरोप र लाञ्छनाहरु लगाउनु भयो : डा. महत

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको खण्डन गर्न पत्रकार सम्मेलन गरेको छ ।

 

 पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले  एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस कुनै नीति नै नभएको पार्टी भएको बताएपछि  त्यसको खण्डन गर्दै उनले भने, ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो । 

 

बजारमुखी, प्रतिस्पर्धात्मक आर्थिक तथा विकास नीतिले देशमा उद्योग र व्यापार, बैंक तथा वित्तीय संस्था, पुँजी बजार, हवाई क्षेत्र, शिक्षा, स्वास्थ्य, बीमा, घर–जग्गा तथा आवास विकास, निर्माण क्षेत्रमा आशातीत विकास भएको पनि उनले बताए ।

 

यस्तै सहकारी अभियानको सुरुआत बी.पी. कोइरालाको नेतृत्वमा बनेको पहिलो नेपाली कांग्रेसको सरकारले गरेको बताउदै उनले भने बखानसिंह गुरुङको नेतृत्वमा सुरु भएको यो अभियान पञ्चायत कालमा रोकिएको हो । बहुदलीय व्यवस्थाको पुनस्थापना भएपछि देशब्यापी सहकारी अभियान नेपाली कांग्रेसकै अगुवाईमा सञ्चालन भएको हो ।

 


समावेशी राज्यको परिकल्पना र कार्यान्वयनः नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेपाल समावेशिकरणतर्फ अग्रसर भएको पनि उनले जानकारी दिए । 'दलित आयोग, महिला आयोग, जनजाति प्रतिष्ठानको स्थापना गरेर दलित र पिछडिएका नागरिकहरुलाई आर्थिक तथा सामाजिक विकासको मूलधारमा ल्याउने कार्य पनि नेपाली कांग्रेसले गरेको हो । कमैया मुक्ति पनि उहाँकै नेतृत्वको सरकारले गरेको हो ।' 


स्थानीय जनताका आवश्कता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहित नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली निकै उत्तेजित र आक्रोशित भएर  निकै निम्नस्तरको गाली गलौजमा उत्रिएको भन्दै उनले टिप्पणी गरे । 'हिजो मात्र उहाँले आफ्नो पक्षबाट मतदातासमक्ष गर्नुभएको अपिलमा पनि नेपाली कांग्रेसमाथि मिथ्या आरोप तथा विभिन्न लाञ्छनाहरु लगाउन भयो ।हामी त्यसको प्रतिवाद गर्न चाहन्छौ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार