• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

श्रीलङ्काको सङ्कटकाल घोषणामा अमेरिका र युरोपेली सङ्घले उठाए प्रश्न,सङ्कटकाल प्रत्युत्पादक हुनसक्ने चेतावनी

अमेरिका र युरोपेली सङ्घले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ सङ्कटकाल घोषणा गर्ने श्रीलङ्काका राष्ट्रपतिको निर्णयको आलोचना गरेका छन्।


श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षले गए रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका थिए। गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन्।

 

शुक्रवार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि सङ्कटकाल लगाउने निर्णय लिइएको थियो।कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताइन्।

 

 

उनले ट्विटरमा लेखेकी छन्, "अर्को सङ्कटकालको अवस्थाबाट चिन्तित छु। शान्तिपूर्ण नागरिकहरूका आवाज सुनिनुपर्छ। श्रीलङ्कालीहरू बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्छ। सङ्कटकालीन अवस्थाले त्यसलाई मद्दत गर्दैन्।"

 

युरोपेली सङ्घले सङ्कटकालले श्रीलङ्काका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने बरु त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ।"सङ्कटकालको अवस्थाले देशको अप्ठेराहरूलाई सम्बोधन गर्न निश्चित रूपमा मद्दत गर्दैन र यसको प्रत्युत्पादक प्रभाव हुनसक्छ।"

 

राष्ट्रपति राजपक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै सङ्कटकाल लगाइएको जनाएको थियो।विदेशी मुद्रा सञ्चितमा गम्भीर सङ्कट बेहोरिरहेको श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार