• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

टिका दाहालको 'कौवा करायो' मा विकाश र सन्ध्याको अभिनय

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको  स्वरमा समावेश 'कौवा करायो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा अस्ट्रेलियामा रहेका संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन् भने यस गीतमा रमेश दाहालको शब्द रहेको छ।

   

  गीतमा संदेश परियारको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ। भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा (काउली बुढी) नव विवाहित दम्पति पात्रका रुपमा फिचर्ड छन्।  

 

 बुद्ध थापाले  छायांकन गरेको यस भिडियोमा  दिनसन शाहको सम्पादन रहेको छ। केशबराज भट्टको परिकल्पना र  निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'टिका दाहाल म्युजिक) नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  


भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार