• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

एस.ई.ई. दिएका विद्यार्थी र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारकोे अफर

काठमाडौं । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

 

योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ । साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार