• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ २ शाखा कार्यालयको उद्घाटन

 

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।

 

नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुरनगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।

 

यस विकास बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गर्नु भएको भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गर्नुभएको छ ।

 

दुई नयाँ शाखासहित यस बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको तारा ताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागि तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार