• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे बिदा, नियमित परीक्षा भने यथावत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे बिदा दिएको छ ।त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन बिदा दिएको छ ।

 

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे बिदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरूको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार