• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

विक्रम खड्कालाई वृक्षासनमा गिनिज बुक अफ वल्र्ड रेकर्ड

काठमाडौं । नेपाली युवा विक्रम खड्काले वृक्षासनमा गिनिज बुक अफ वल्र्ड रेकर्ड पाएका छन् । वाच्छा १, पर्वत स्थायि ठेगाना भएका विक्रम खड्काले वृक्षासन (Tree Pose) अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्को  खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुबै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा लगातार तीन घण्टा पचास मिनेट बसेर विश्व कीर्तिमान कायम गरेका हुन ।

 

 यस अघि उक्तकीर्तिमान भारतीय नागरिक सनत रथको नाममा एक घण्टा छ मिनेट पचपन्न सेकेन्ड रहेको थियो । २०७८ श्रावण ५ गते विश्व कीर्तिमानको लागि प्रयास गरेर भिडियो सहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा सम्पूर्ण विवरण पठाइएकोमा गिनिज बुकले केही हप्ता अगाडि मात्र प्रमाणपत्र पठाएको थियो ।

 

गिनिज बुकले पठाएको उक्त प्रमाणपत्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्याधिश खिलराज रेग्मीले बिहीबार खड्कालाई औपचारिक रुपमा प्रदान गरेका छन् । प्रमाणपत्र वितरण गर्दै रेग्मीले नेपाल आफैमा आध्यात्मिक भूमी भएको चर्चा गर्दै खड्काको यो अर्वाडले नेपाललाई विश्व सामु थप परिचित गराउन सहयोग गरेको बताए । उनले समग्र विकासका लागि भौतिक विकास विकाससँगै आध्यात्मिक विकास पनि अपरिहार्य रहेको बताए ।

 

यस्तै डा. चिन्तामणी योगीले योगीले नेपाली युवाले योगमा विश्व कितीमान कायम गरेर गोगगको महत्वलाई विश्वसामु चिनाएकोले सबै नेपालीको लागि गर्वको विषय भएको बताए । कार्यक्रममा संस्कृत केन्द्रीय विभागका अध्यापक डा.क्षितिज बाराकोटी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख  डा.राम आधार यादव,ओम समाज डेण्टलका अध्यष शुभाष घिमिरे लगायतले नेपाल योग भूमी भएको उल्लेख गर्दै योगलाई नेपाली अर्थतनत्रसँग जाड्न आवश्यक भएको बताए ।

 

यस्तै गनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त विक्रम खड्काले नेपालीहकरुको पहिचान र नेपालको योगलाई विश्वसामु परिचति गराउन कठिन आसन वृक्षासन छनोट गरेर यो अध्यास गरेको बताउँदै यो सम्मान आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीको भएको बताए ।कार्यक्रम संयोजन गरेको लायन्स क्लब अफ काठमाडौं च्याम्पियनका अध्यक्ष डा चन्द्र कार्कीले नेपाली युवाको प्रयासलाई सहयोग गर्ने अभिप्रायले क्लवले यो कार्यक्रमको आयोजना गरेको बताए । 

 

मनोक्रान्ति अभियानका संस्थापक डा. योगी  विकासानन्दको ५ वर्षे आत्मरुपान्तरण तथा नेतृत्व विकास कार्यक्रममा सहभागी भईयोग सिकेका खड्काले यस अघि पनि अन्य कीर्तिमानहरू कायम गरेका छन् ।  वि.स. २०६५ सालमा काठमाडौंकोटुँडिखेलमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को उपस्थितिमा लगातार ५घण्टा शीर्षासन (टाउकोलै टेकेर खुट्टा माथी गरेर गरिने आसन)  गरेका थिए ।

 

 

त्यस्तै २०६६ सालमा गोदावरी स्थित मनोक्रान्ति आश्रममा लगातार ४ घण्टा त्राटक ९बलिरहेको मैनबत्तीलाई आँखा नझिम्क्याई हेर्ने क्रिया गरेका थिए । उक्तआश्रममा नै रहँदा उनले नौ फिटको खाडलमा सातदिन निराहार रहेर भू तपस्या पनि गरेका थिए । लुम्बिनी विश्वविद्यालयबाट बुद्धिजम विषयमा स्नातकोत्तर गरेका खड्काले सिटिई भिटीबाट आयुर्वेद स्वास्थ सहायक (वैद्य) एवं वाल्मीकि विद्यापीठबाट  छ महिने योग तथा प्राकृतिक चिकित्साको तालिम पनि लिएका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार