• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

काठमाडौं । पहिलो संस्करणको एफ.एन.जे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।

 

यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउ“दै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४–१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पा¥यो । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त ग¥यो ।

 


प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्युज २४ कै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्युज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हुँदा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कुल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ सय र ट्रफी हात पारे । 

 


प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक पनि उपस्थित हुनु भएको थियो । फाइनल खेलअघि रेफ्रीलाई बल हस्तान्तरण गरेर मन्त्री अथकले खेल भावना अनुसार अघि बढ्न सबै खेलाडीलाई शुभकामना दिएका थिए  । 


विजेता टीम र खेलाडीलाई पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, मुख्य प्रायोजक बिमा समितिका उपनिर्देशक निर्मल अधिकारी र प्रायोजक महालक्ष्मी विकास बैंकका मार्केटिङ विभाग प्रमुख अमित झा लगायतले पुरस्कार वितरण गरेका थिए   । 

 


महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टीमको सहभागिता थियो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचारा अभिवृद्धि गर्न खेलकुद सशक्त माध्यम हुने भएकाले मिडिया कप फुटसल आयोजना गरिएको प्रतियोगिताका सह–संयोजक एवं महासंघ केन्द्रीय सदस्य विकास कार्कीले जानकारी दिए ।

 

बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता थिए । नेपाल बंैक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार