• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

‘मिस ग्लोबल इन्टरनेसनल’को आवेदन खुला

काठमाडौं । काजी प्रोडक्सनले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल, २०२२’को आवेदन फारम खुला गरिएको छ ।

 

आगामी ३ वैशाख २०७९ मा राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरूले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन् ।

 

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुशान्तकाजी श्रेष्ठले उपत्यकालगायत मोफसलका विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएका युवतीहरू प्रतियोगितामा सहभागी हुन सक्ने जानकारी दिए ।

 

‘फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै उनीहरूको आन्तरिक क्षमता विकास गर्ने हाम्रो उद्देश्य हो’, श्रेष्ठले भने ।

 

प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल, २०२२’कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार