• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

मिल्स गोल्डकपको उपाधि गोलबजारलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहाले जितेको छ । 



विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोलबजारले मिल्स गोल्डकपको उपाधि जितेको हो । जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपबिजेता बनेको साइनोले  नगद १ लाख १ हजार रुपैयाँमा चित्त बुझायो । 


खेल सुरू भएको ८ औं मिनेटमा गोलबजारका विदेशी खेलाडी अलीले गोल गरि टिमललाई अग्रता दिलाए । उनले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । पहिलो गोल भएपछि दबावमा परेको सनाइनोका विदेशी खेलाडी फुफनाले १४ औं मिनेटमा गरेको प्रहार गोलबजारका किपर निश्चल श्रेष्ठले उत्कृष्ट बचाए ।

 

खेलको ३५ औं मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाए ।  साइनकोका फुफनाले ३९ औं मिनेटमा करिब ३० यार्डबाट गरेको प्रहार जाली चुम्दै खेल बराबरीमा ल्याए ।दोस्रो हाफदेखि आक्रमक खेल पस्किएको गोलबजारले ४७ औं मिनेटमा विदेशी विनु अलीले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरि टिमको जित सुनिश्चत गरे । ५१ औं मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोलबजारका किपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाए । 



घरेलु दर्शकको साथ पाएको साविकको उपबिजेता साइनोले थुपै गोल गर्ने अवसर खेर फाल्यो । ६३ औं मिनेटमा साइनोका फुफानोले निकादिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड बाहिरयो । दुई गोल दबाबमा देखिएको साइनोले ६७ र ७० औंं मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बुले वान भर्सेस वानको प्रहार फितलो रहदा गोलगर्ने अवसरबाट चुके ।फाइनल खेलको प्लेयर अफ म्याच उपविजेताका फोपोनो भए । त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाईस्कोरर गोलबजारका अलमान भए । उनले प्रतियोगितामा तिन गोल गरेका थिए । 



 
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । बिजता हुने खेलाडीहरूलाई कार्यक्रममको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, ट्रष्टका अध्यक्ष किशोर शाही, संयोजक किशोर सुब्बालगायतकाले पुरस्कार वितरण गरेका थिए । 


विराटनगरको रानीमा रहेर खेलाडीहरूको जुत्ता सिलाउदै आएका चन्देश्वर रामलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार रुपैयाँसहित कगद पत्रले सम्मान गरेको थियो । सम्मानित भएका सुनवारले सिलाएको जुत्ता लगाए थुप्रै राष्ट्रिय खेलाडी भएका छन् । सम्मानित भएका रामलाई विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले कदर पत्रले सम्मान गरेका थिए । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार