• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ७ दिने प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सात दिने International Training of Voice and Speech कुञ्ज थिएटर थापागाउँमा चैत १७ गते  सम्पन्न भएको छ ।

 

समापन समारोहमा बोल्दै प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ प्रशिक्षणमा सिकेका कुराहरुलाई आप्mनो अभिनय कलामा कुशल रुपमा उपयोग गर्न प्रशिक्षार्थीहरुलाई  सुझाव दिदै नेपालमा आएर नेपाली प्रशिक्षाथीहरुलाई  प्रशिक्षण दिएकोमा प्रशिद्ध भारतीय  रङ्गकर्मी अमित बेनर्जीलाई धन्यवाद दिएका छन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रशिक्षक अमित बेनर्जीले आफू नेपाल आएर सिकाउन पाउँदा ज्यादै खुसी लागेको बताउँदै आउँदा दिनमा आवश्यक परेको खण्डमा फेरि पनि आउन इच्छुक रहेको बताए ।


 
 कुलपति नारायणभक्त श्रेष्ठले प्रशिक्षक अमित बेनर्जीलाई मायाको चिनो प्रदान गरे । प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षाथीहरुलाई प्रज्ञा प्रतिष्ठानका कुलपति, सदस्य सचिव श्यामप्रकाश तमोट,प्राज्ञ निशा शर्मा, प्राज्ञ नमूना शर्मालगायतले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरे । 


निर्देशक सुनिल पोखरेलले सहजीकरण गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी लगायत रङ्गकर्मीहरुको उपस्थिति रहेको थियो।प्रशिक्षणमा देशका १४ नाट्य संस्थासँग आबद्ध ३८ जना कलाकारहरू सहभागीकार्यक्रममा दुई प्रशिक्षाथीहरुले प्रशिक्षणका क्रममा सिकेका कुराहरुको प्रयोगात्मक  प्रस्तुति दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार