• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

टेलिकमको वार्षिकोत्सवको अवसरमा आज दिनभर भीओएलटीई कल निःशुल्क,२९४ रुपैयाँमै २० जीबी डेटा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले  आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ ।

 

एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने छ । यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

 


त्यस्तै ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार