• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय ६२ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै  १० हजार २५८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २२ हजार ८२८  वटा नमुना परीक्षणमा १० हजार २५८ मा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार कोरोनाबाट देशभर ५ सय ६२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हाल १०० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या ३९  हजार ४४ रहेको छ  । 


यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४  पुगेको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार