• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

धार्मिकस्थलमा नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरी अर्को आदेश जारी गरेका छन्। 

 

मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । 

 

यस्तै गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । 

 

यस्तै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक पनि लागइएको छ।

 

सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार