• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

अर्घाखाँची सन्धिखर्क नगरपालिकाको सेवा बन्द

अर्घाखाँची । अर्घाखाँची सन्धिखर्क नगरपालिकाको सेवा प्रवाहा बन्द गरिएको छ ।

 

मेयर कमलप्रसाद भुसाल सहित १५ जनामा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु आज मंगलबारदेखि माघ ८ गते सम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताएका छन् ।

 

मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । त्यसमा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार