• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

वैशाखमा स्थानीय चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ। केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो ।

 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार